एजेन्सी । एक्सियम-४ मिसन अन्तर्गत अन्तरिक्षमा गएको स्पेसएक्स ड्र्यागन क्याप्सुलका अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेको छ । ड्र्यागन क्याप्सुल निर्धारित समयभन्दा २० मिनेट अगाडि नै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसँग जोडिएको थियो । यसपछि लगभग दुई घण्टाको अनुसन्धानपछि अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा प्रवेश गरेका छन् ।
एक्सियम(४ मिसन अन्तर्गत भारतीय अन्तरिक्ष यात्री शुभांशु शुक्लासहित अन्य तीन अन्तरिक्ष यात्री अन्तरिक्ष स्टेशन पुगेका छन् । शुभांशु यस मिसनका पाइलट हुन् । शुभांसुसहित यस मिसनमा अमेरिकाका पेगी ह्विटसन, पोल्याण्डका स्लावोस्ज उज्नान्स्की विस्निभ्स्की र हंगेरीका टिबोर गेट रहेका छन् । यी चार अन्तरिक्ष यात्रीहरू १४ दिनसम्म अन्तरिक्ष स्टेशनमामा बस्नेछन् ।
एक्सियम(४ मिसन पटक पटकको स्थगनपछि बुधबार सफल प्रक्षेपण गरिएको थियो । अन्तरिक्ष यात्री शुभांशु ४१ बर्षपछि अन्तरिक्षमा जाने भारतीय बनेका छन् । यसअघि, राकेश शर्मा सन् १९८४ मा रूसी मिसन अन्तर्गत अन्तरिक्षमा जाने पहिलो भारतीय थिए ।
यो मिसन भारतका साथै पोल्याण्ड र हंगेरीको लागि पनि ऐतिहासिक मिसन भनिएको छ । यी दुई देशहरूले ४० वर्षमा पहिलो पटक मानव अन्तरिक्ष उडानमा भाग लिएका छन् । भारत, पोल्याण्ड र हंगेरी संयुक्त मिसन अन्तर्गत आईएसएसमा सँगै गएको यो पहिलो पटक हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-27
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
