
काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले अल नासरमा दुई बर्षको नयाँ सम्झौता गरेका छन् । अल नासरले रोनाल्डोले ुअल नासर फर एभर अर्थात सधैका लागि अल नासरु एक भिडियो जारी गर्दै रोनाल्डो क्लबमै रहने जानकारी दिएको हो ।
मिडिया रिपोर्टका अनुसार ४० बर्षिय रोनाल्डोले अल नासरमा २०२७ को जुन ३० सम्म सम्झौता गरेका छन् । रिपोर्टका अनुसार अल नासरले रोनाल्डोलाई बार्षिक १८५ मिलियन युरो पारिश्रमिक दिने बताइएको छ ।
रोनाल्डोको साउदी प्रो लिगमा व्यक्तिगत प्रदर्शन राम्रो भएपनि अल नासरलाई ट्रफी भने जिताउन सकेका छैनन् । उनले लगातार दोस्रो सिजन साउदी लिगमा गोल्डेन बुट भने जितेका छन् ।
रोनाल्डोले साउदी लिगमा यस सिजनमा कुल २५ गोल गोल गर्दै गोल्डेन बुट जितेका थिए भने अघिल्लो सिजनमा रोनाल्डोले ३५ गोल गरेर गोल्डेन बुट जितेका थिए । २०२३ को जनवरीदेखि अल नासरमा खेल्न थालेका रोनाल्डोले अल नासरका लागि १११ खेल खेल्दै ९९ गोल गरेका छन् ।
Sudina Shrestha
प्रकाशित: १३ असार २०८२, शुक्रबार ०८:३०
चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य

प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट

वाईसीएल नेपालले गर्यो मनोहरा नदी किनारमा तटबन्द

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

प्रधानमन्त्रीसँग नवनिर्वाचित सीएनआई पदाधिकारीको छलफल, देशलाई औद्योगिकरणमा लैजानुपर्नेमा जोड

श्रमिकको न्युनतम पारिश्रमिक वृद्धिमा सात श्रमिक संगठनको असहमति
