काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशको सुनुवाई आइतबार गर्ने भएको छ । विहिबार बिहान बसेको बैठकले प्रस्तावित तीन न्यायाधीशलाई सुनुवाईका लागि आइतबार बोलाउने निर्णय गरेको हो ।
आजको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधिशहरुका सम्बन्धमा परेका उजुरीहरु खोलिएका थिए । उनीहरूविरूद्ध सातवटा उजुरी परेको, जसमा मेघराज पोखरेलविरूद्ध २, श्रीकान्त पौडेलविरूद्ध २ र शान्ति सिंहविरूद्ध एक उजुरी परेको छ । समितिले उजुरीकर्तालाई आजै समितिलाई बोलाएर छलफल गर्ने भएको छ ।
न्याय परिषदको जेठ २६ गतेको बैठकले सर्वोच्च अदालतको तीन न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, मुख्य न्यायाधीश श्रीकान्त पौडेल र शान्ति सिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
समितिले सुनुवाई गरेपछि राष्ट्रपतिले सर्वोच्चका न्यायाधीश नियुक्ति गर्ने कानुनी प्रावधान रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-26
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
