
काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशको सुनुवाई आइतबार गर्ने भएको छ । विहिबार बिहान बसेको बैठकले प्रस्तावित तीन न्यायाधीशलाई सुनुवाईका लागि आइतबार बोलाउने निर्णय गरेको हो ।
आजको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधिशहरुका सम्बन्धमा परेका उजुरीहरु खोलिएका थिए । उनीहरूविरूद्ध सातवटा उजुरी परेको, जसमा मेघराज पोखरेलविरूद्ध २, श्रीकान्त पौडेलविरूद्ध २ र शान्ति सिंहविरूद्ध एक उजुरी परेको छ । समितिले उजुरीकर्तालाई आजै समितिलाई बोलाएर छलफल गर्ने भएको छ ।
न्याय परिषदको जेठ २६ गतेको बैठकले सर्वोच्च अदालतको तीन न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, मुख्य न्यायाधीश श्रीकान्त पौडेल र शान्ति सिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
समितिले सुनुवाई गरेपछि राष्ट्रपतिले सर्वोच्चका न्यायाधीश नियुक्ति गर्ने कानुनी प्रावधान रहेको छ ।
Sudina Shrestha
प्रकाशित: १२ असार २०८२, बिहीबार १३:०८
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
