कैलाली, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलारी गाउँपालिका-८ लोहरपुर बस्ने २३ वर्षीय लक्ष्मण बहादुर साउदलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लक्ष्मण बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सुर्खेत, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बीरेन्द्रनगर नगरपालिका-५ श्रीनगरटोल बस्ने १९ वर्षीय अरूण परियारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अरूणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी उनलाई पक्राउ गरेको हो ।
बारा, ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फेटा गाउँपालिका-३ बस्ने २२ वर्षीय कृष्णा साह तुरहालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । कृष्ण साहले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-26
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
