काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–५ मेजरगंजमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
बुधबार राति करिब ८ बजे मेजरगंजको भित्री सडकमा लालबन्दीतर्फ आउँदै गरेको ना २ क ५०१ नम्बरको टिपरको ठक्करबाट साइकलमा सवार कबिलासी नगरपालिका– ८ अगर्वा बस्ने २० वर्षीय सचिन साह (गुप्ता) को मृत्यु भएको हो ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको राति नै मृत्यु भएको सर्लाही प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । टिपरले युवकलाई ठक्कर दिएपछि स्थानीयहरुले टिपरमा आगजनी गरेका छन् । परिस्थिती नियन्त्रणमा लिन ५२ जना प्रहरी खटाइएको थियो । आगजनीबाट टिपरको अगाडिको भागमा पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-26
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
