काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज अपराह्न १:१५ बजे बस्दैछ ।
आजको बैठकमा सांसद जग प्रसाद शर्माले ‘खानेपानीमा नागरिकको सहज पहुँच पुऱ्याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै व्यवस्थापन कार्य अन्तर्गत राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८२’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ क को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८२’ सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-26
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
