लुम्बिनी प्रदेश सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक तथा पुरस्कार प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरेको छ। १४८ खेलाडी र १९ प्रशिक्षकसहित १६३ जनालाई बुधवार राप्ती उपत्यका (देउखुरी)मा एक कार्यक्रमबिच सम्मान गरिएको हो।
प्रदेश खेलकुद परिषद्को आर्थिक वर्ष ०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गरी हौसला प्रदान गरिएको परिषद्का सदस्यसचिव तिरणदाज गौतमले बताए।
विश्वकप खो–खो प्रतियोगिता–२०२५ मा दोस्रो स्थान हासिल गर्ने ८ जना खेलाडीलाई प्रतिव्यक्ति दुई लाखको दरले सम्मान गरिएको छ। सो खेलका प्रशिक्षक र व्यवस्थापकलाई २ जनालाई प्रतिव्यक्ति एक लाख नगदले सम्मान गरिएको छ। दक्षिण एसियाली कराँते प्रतियोगितामा रजत पदक प्राप्त गरेका एक खेलाडीलाई एक लाख रुपैयाँ प्रदान गरियो।
यसैगरी, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेल विधाका एकल इभेन्टमा स्वर्ण पदक विजेता खेलाडी ५ जनालाई प्रतिव्यक्ति ३५ हजार, रजत पदक विजेता खेलाडी १८ जनालाई प्रतिव्यक्ति २० हजार, कांस्य पदक विजेता ४६ जनालाई प्रतिव्यक्ति १५ हजार, सोही प्रतियोगिताको समूहगत इभेन्टमा स्वर्ण पदक विजेता १२ जना खेलाडीलाई प्रतिव्यक्ति २० हजार, समूहगत इभेन्टमा रजत पदक विजेता ३६ खेलाडीलाई प्रतिव्यक्ति १२ हजार, समूहगत इभेन्टमा कांस्य पदक विजेता १२ जनालाई प्रतिव्यक्ति ८ हजार रुपैयाँ प्रदान गरी सम्मान गरिएको छ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेल विधाका स्वर्ण पदक विजेता खेलाडीका ६ जना प्रशिक्षकलाई व्यक्तिगत १५ हजार, रजत पदक विजेता खेलाडीका ८ जना प्रशिक्षकलाई व्यक्तिगत २५ हजार, कांस्य पदक विजेता खेलाडीका ५ जना प्रशिक्षकलाई व्यक्तिगत १० हजार, टी–२० विश्वकप नेत्रहीन क्रिकेट प्रतियोगीतामा भाग लिएका चारजना खेलाडीलाई प्रति खेलाडी ५० हजार रुपैयाँले सम्मान गरिएको हो।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-25
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
