काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बुधवार विशेष अदालतमा उपस्थित भएका छन्। पतञ्जली जग्गा घोटाला प्रकरणमा बयान दिन अध्यक्ष नेपाल अदालतमा उपस्थित भएका हुन् ।
विशेष अदालत स्रोतका अनुसार न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा पूर्वप्रधानमन्त्री नेपालको बयान सकिएको छ ।
बयान सकिएपछि अख्तियारको तर्फ र नेपालका तर्फबाट वकिलहरूले बहस गर्ने छन् । नेपालको पक्षबाट बहस गर्न डेढसयभन्दा वकिलले आफ्नो नाम टिपाएको विशेष अदालत स्रोतले एभरेष्ट न्यूज एजेन्सीलाई जानकारी दिएको छ । नेपालको पक्षमा बहसगर्ने वकिलमा वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, गोपाकृष्ण घिमिरे, डा. चन्द्रकान्त ज्ञवाली, गोविन्द बन्दी, खम्मबहादुर खाती, केदारप्रसाद कोइराला, रमणकुमार श्रेष्ठ, टीकाराम भट्टराई, हरिहर दाहाल, विश्वकान्त मैनाली लगायत रहेका छन् ।
विशेष अदालत परिसरमा नेपालको पक्षबाट बहस गर्न वकिलहरुबीच हानथाप देखिएको छ । करिब डेढ सयले बहसनामा भरेपनि कति जनाले बहस गर्न पाउछन् भन्ने स्पष्ट भएको छैन ।
त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाटबाट वरिष्ठ अधिवक्ता सुशील पन्त नेतृत्वको टिमले बहस गर्ने बताइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो । अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजारको विगो जरिवाना र सजाय मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-25
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
