काठमाडौँ । इरानको संसदले संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्बन गर्न मतदान गरेको छ ।
इरानी मिडियाका अनुसार बुधबार इरानीको संसद मजलेसले उर्जा एजेन्सीसँगको सहकार्य निलम्बन गर्ने निर्णय गरेको हो ।
जुन १३ देखि इरानमाथि इजरायलले गरेको आक्रमण र अमेरिकाले गरेको इरानको आणविक अड्डाहरुमाथिको आक्रमणपछि राष्ट्रसंघको आणविक उर्जा एजेन्सीले इरानसँगको आफ्नो सम्बन्ध पुन: सुरु गर्न जोड दिएको बेला इरानले यस्तो निर्णय गरेको हो ।
एजेन्सीका निरीक्षकहरू द्वन्द्वभरि इरानमै रहेको र सकेसम्म चाँडो काम सुरु गर्न तयार रहेको बताइएको थियो । निरिक्षकहरुले इजरायलले इरानमाथि आक्रमण गर्नु केहि दिन अघि मात्र इरानको आणविक साइटहरूमा फर्केर ४०० किलोग्रामभन्दा बढी ६० प्रतिशतसम्म समृद्ध युरेनियमसहित आणविक सामग्रीको सूची प्रमाणित गरेका थिए ।
इरानको इस्लामिक परामर्शदात्री सभा, जसलाई मजलेस भनेर चिनिन्छ, ले गरेको निर्णय अब राष्ट्रपति मसूद पेजेश्कियानको अध्यक्षतामा रहेको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अनुमोदन गर्नुपर्नेछ । मजलेसको मतदान, विशेष गरी विदेश मामिलाको सम्बन्धमा, जबसम्म सर्वोच्च नेता अली खामेनीले छनोट गरेको शक्तिशाली निकायले समर्थन नगरेसम्म प्रायः प्रतीकात्मक मानिन्छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-25
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
