
काठमाडौँ । इरानको संसदले संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्बन गर्न मतदान गरेको छ ।
इरानी मिडियाका अनुसार बुधबार इरानीको संसद मजलेसले उर्जा एजेन्सीसँगको सहकार्य निलम्बन गर्ने निर्णय गरेको हो ।
जुन १३ देखि इरानमाथि इजरायलले गरेको आक्रमण र अमेरिकाले गरेको इरानको आणविक अड्डाहरुमाथिको आक्रमणपछि राष्ट्रसंघको आणविक उर्जा एजेन्सीले इरानसँगको आफ्नो सम्बन्ध पुन: सुरु गर्न जोड दिएको बेला इरानले यस्तो निर्णय गरेको हो ।
एजेन्सीका निरीक्षकहरू द्वन्द्वभरि इरानमै रहेको र सकेसम्म चाँडो काम सुरु गर्न तयार रहेको बताइएको थियो । निरिक्षकहरुले इजरायलले इरानमाथि आक्रमण गर्नु केहि दिन अघि मात्र इरानको आणविक साइटहरूमा फर्केर ४०० किलोग्रामभन्दा बढी ६० प्रतिशतसम्म समृद्ध युरेनियमसहित आणविक सामग्रीको सूची प्रमाणित गरेका थिए ।
इरानको इस्लामिक परामर्शदात्री सभा, जसलाई मजलेस भनेर चिनिन्छ, ले गरेको निर्णय अब राष्ट्रपति मसूद पेजेश्कियानको अध्यक्षतामा रहेको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अनुमोदन गर्नुपर्नेछ । मजलेसको मतदान, विशेष गरी विदेश मामिलाको सम्बन्धमा, जबसम्म सर्वोच्च नेता अली खामेनीले छनोट गरेको शक्तिशाली निकायले समर्थन नगरेसम्म प्रायः प्रतीकात्मक मानिन्छ ।
pratikshya
प्रकाशित: ११ असार २०८२, बुधबार १५:०६
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
