
काठमाडौँ । लुका मोड्रीच इटालियन क्लब एसी मिलानबाट खेल्ने निश्चित भएको छ ।
हाल रियल म्याड्रिडबाट फिफा क्लब विश्वकप खेलिरहेका मोड्रीच एसी मिलानमा अनुबन्ध हुने निश्चित भएको हो ।
फिफा क्लब विश्वकपपछि मोड्रीच एसी मिलानमा अनुबन्ध हुने भएका हुन् । एसी मिलान र मोड्रीचबीच भएको सहमति अनुसार उनले जुलाईमा मेडिकल गरेर औपचारिक सम्झौता गर्ने भएका छन् ।
मोड्रीचले यसअघि नै रियल म्याड्रिडका फ्यानलाई एक सन्देश जारी गर्दै यस सिजनको अन्त्यसँगै क्लब छोड्ने घोषणा गरेका थिए । २०१२ देखि रियल म्याड्रिडमा खेलेका ३९ बर्षिय मोड्रीचले रियल म्याड्रिडका लागि कुल ५९३ खेल खेलेका मोड्रीचले ४३ गोल गरेका छन् ।
मोड्रीचले रियल म्याड्रिडसँग ६ च्याम्पियन्स लिग उपाधि, ४ ला लिगा उपाधि जितेका छन् । रियल म्याड्रिडमा मोड्रीचले २८ उपाधि जितेका छन् । उनले २०१८ मा बेलुन डो अर उपाधि जितेका थिए ।
pratikshya
प्रकाशित: ११ असार २०८२, बुधबार १४:४८
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
