काठमाडौँ । लुका मोड्रीच इटालियन क्लब एसी मिलानबाट खेल्ने निश्चित भएको छ ।
हाल रियल म्याड्रिडबाट फिफा क्लब विश्वकप खेलिरहेका मोड्रीच एसी मिलानमा अनुबन्ध हुने निश्चित भएको हो ।
फिफा क्लब विश्वकपपछि मोड्रीच एसी मिलानमा अनुबन्ध हुने भएका हुन् । एसी मिलान र मोड्रीचबीच भएको सहमति अनुसार उनले जुलाईमा मेडिकल गरेर औपचारिक सम्झौता गर्ने भएका छन् ।
मोड्रीचले यसअघि नै रियल म्याड्रिडका फ्यानलाई एक सन्देश जारी गर्दै यस सिजनको अन्त्यसँगै क्लब छोड्ने घोषणा गरेका थिए । २०१२ देखि रियल म्याड्रिडमा खेलेका ३९ बर्षिय मोड्रीचले रियल म्याड्रिडका लागि कुल ५९३ खेल खेलेका मोड्रीचले ४३ गोल गरेका छन् ।
मोड्रीचले रियल म्याड्रिडसँग ६ च्याम्पियन्स लिग उपाधि, ४ ला लिगा उपाधि जितेका छन् । रियल म्याड्रिडमा मोड्रीचले २८ उपाधि जितेका छन् । उनले २०१८ मा बेलुन डो अर उपाधि जितेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-25
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
