काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन कार्यालय प्रमुख, बरिष्ठ पशु बिकास अधिकृत डा. प्रभात झासमेत ३ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।
अख्तियारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीको भवन निर्माणसमबन्धि बोलपत्रको सूचना प्रकाशित गर्दा अनियमितता गरेको पाएको उल्लेख गरेको छ । अख्तियारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीको ठेक्काको बोलपत्रको सुचनामा एक प्रति पत्रिकामा मात्र प्रकाशन गरेर एक लाख २९ हजार ६६७ रुपैयाँ अनियमितता गरेको उल्लेख छ ।
अख्तियारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन कार्यालय प्रमुख, बरिष्ठ पशु बिकास अधिकृत डा. प्रभात झा र तत्कालीन सह लेखापाल अनिल लिम्बु र मोडक एडभरटाइजिङ प्रालि तथा सोका प्रोपाइटर कौशल राज सिंहविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-25
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
