विज्ञापन प्रकाशित गर्दा भ्रष्टाचार: विज्ञापन एजेन्सी र कार्यालय प्रमुखविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन कार्यालय प्रमुख, बरिष्ठ पशु बिकास अधिकृत डा. प्रभात झासमेत ३ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीको भवन निर्माणसमबन्धि बोलपत्रको सूचना प्रकाशित गर्दा अनियमितता गरेको पाएको उल्लेख गरेको छ । अख्तियारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीको ठेक्काको बोलपत्रको सुचनामा एक  प्रति पत्रिकामा मात्र प्रकाशन गरेर एक लाख २९ हजार ६६७ रुपैयाँ अनियमितता गरेको उल्लेख छ ।

अख्तियारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन कार्यालय प्रमुख, बरिष्ठ पशु बिकास अधिकृत डा. प्रभात झा र तत्कालीन सह लेखापाल अनिल लिम्बु र मोडक एडभरटाइजिङ प्रालि तथा सोका प्रोपाइटर कौशल राज सिंहविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको जनाएको छ ।

pratikshya

प्रकाशित: ११ असार २०८२, बुधबार १४:४७