काठमाडौं । काठमाडौं महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट ल्याउन नसकेपछि मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलको कार्य क्षमतामा प्रश्न उठेको छ ।
देशभरका अधिकांश पालिकाहरुले आज असार १० गते बजेट ल्याउँदा देशको सबैभन्दा ठूलो महानगरले बजेट ल्याउन नसकेकोमा आलोचना भएको छ ।
काठमाडौंका मेयर बालेन साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबीचको विवादका करण आज बजेट आउन नसकेको हो ।
अन्तर सरकारी वित्त हस्तान्तरण ऐन २०७४ मा असार १० गते भित्र स्थानीय तहले आगामी आर्थिक बर्षको राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेश गर्नुपर्ने व्यवस्था रहेको छ । ऐनको परिच्छेद ७ मा यस्तो व्यवस्था गरिएको छ ।
यस ऐनले तोकेको समयमा स्थानीय तहले बजेट नल्याएमा केन्द्र सरकारले उपलब्ध गराउदै आएको अनुदान रोक्का गर्न सक्ने व्यवस्था गरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-25
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
