काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले एक रुपैयाँ खर्च कटौतीको प्रस्ताव राखेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रतिनिधि सभामा विनियोजन विधेयकमा प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयमाथि सांसदहरुले सोधेका प्रश्नको जवाफ दिदै एक रुपैयाँ खर्च कटौतीको प्रस्ताव राखिएकोलाई ‘विरालो बाध्ने’ चलनको संज्ञा दिदै एक रुपैयाँ घटाउदा बजेट सर्वसम्मत पारित हुन्छ भने घटाउने बताए ।
उनले भने- ‘बजेटबाट एक रुपैयाँ घटाउदा चित्त बुझ्छ भने घटाइदिए हुन्छ । यसको एउटा सिम्बोलिक अर्थ मात्र छ, त्यति मात्र हो, एक रुपैयाँ घटाउदा सर्वसम्मत हुन्छ ? सर्वसम्मत हुन्छ भने एक रुपैयाँ घटाईदिए पनि हुन्छ । बजेट सकेसम्म सन्तुलित ल्याउन खोजिएको छ । म अन्तिम न्याय परम सय यहि हो भन्दिन । कमीकमजोरी नरहेका होलान पनि भन्दिन । निर्विवाद कहिँ पनि हुदैन ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-25
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
