
काठमाडौँ । प्रतिनिधि सभाबाट विनियोजन विधेयक अर्थात् बजेट पारित भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामा विनियोजन विधेयक २०८२ पारित गर्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको हो ।
बजेटसँगै प्रस्तुत हुने अन्य आश्रित विधेयक अर्थ विधेयक तथा ऋण तथा जमानत सम्बन्धी विधेयक भने पारित हुन बाँकी छ ।
बजेट पारित हुनुअघि संसदमा मन्त्रालयगत छलफल चलेको थियो भने छलफलमा उठेका प्रश्नमा मन्त्रीहरू र प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए ।
अर्थमन्त्री पौडेलले जेठ १५ गते आर्थिक वर्ष २०८२/८३ को लागि १९ खर्ब ६४ अर्बको बजेट प्रस्तुत गरेका थिए । जसमा चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब, पुँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब र वित्तीय व्यवस्थापन खर्चतर्फ ३ खर्ब ७५ अर्ब विनियजन गरिएको छ।
Sudina Shrestha
प्रकाशित: ११ असार २०८२, बुधबार ०८:०२
पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन- निर्मल निवासमा बिहानैदेखि भीड

आन्दोलनमा चिकित्सक, आज आकस्मिकबाहेकका अन्य सेवा बन्द

पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता

गोकुल बास्कोटाको चेतावनीः पार्टीमा निषेध लागु हुनै सक्दैन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहित १४ जनाविरुद्ध मुद्धा दायर

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
