
काठमाडौं । सोमबार राति रद्द भएको कतारको दोहा उडान आज मध्याह्न १२ बजे हुने भएको छ ।
सोमबार राति ११ बजे दोहा उड्न तालिका रहेको नेपाल एयरलाइन्सको विमान इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण गरेपछि रद्द गरिएको थियो ।
हाल दोहामा हवाई मार्ग खुलाइएको र अवस्था शान्त बन्दै गएकोले १२ बजेका लागि उडान तय गरिएको एयरलाइन्सले जनाएको छ । सोमबार राति अकस्मात उडान रद्द गरिएपछि वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरु विमानस्थलमै अलपत्र परेका थिए ।
Sudina Shrestha
प्रकाशित: १० असार २०८२, मंगलवार ११:१४
बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य

प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
