एजेन्सी। इरानले कुनै पनि युद्धविरामको सम्झौता नभएको बताएको छ । इरानका विदेशमन्त्री अब्बास अराघ्चीले सामाजिक सञ्जालमा लेख्दै अहिलेसम्म युद्धविराम वा सैन्य कारवाही बन्द गर्ने कुनै सहमति नभएको बताएका हुन् ।
अराघ्चीले भनेका छन्( इरानले बारम्बार स्पष्ट पारेको छ, इजरायलले इरानमाथि युद्ध सुरु गरेको हो, अहिलेसम्म, कुनै पनि युद्धविराम वा सैन्य कारबाही बन्द गर्ने बारेमा कुनै ‘सहमतिु भएको छैन । यद्यपि, यदि इजरायली शासनले तेहरान समयको बिहान ४ बजे भन्दा पहिले इरानी जनताविरुद्धको आफ्नो गैरकानूनी आक्रमण रोक्छ भने, हाम्रो प्रतिक्रिया जारी राख्ने हाम्रो कुनै इरादा छैन । हाम्रो सैन्य कारबाही बन्द गर्ने अन्तिम निर्णय पछि गरिनेछ ।’
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविरामका लागि सहमत भएको बताएका थिए । उनले दुवै देश १२ दिनको लागि युद्धविराम गर्न सहमत भएको ट्रम्पले बताएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-24
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
