
एजेन्सी। इरानले कुनै पनि युद्धविरामको सम्झौता नभएको बताएको छ । इरानका विदेशमन्त्री अब्बास अराघ्चीले सामाजिक सञ्जालमा लेख्दै अहिलेसम्म युद्धविराम वा सैन्य कारवाही बन्द गर्ने कुनै सहमति नभएको बताएका हुन् ।
अराघ्चीले भनेका छन्( इरानले बारम्बार स्पष्ट पारेको छ, इजरायलले इरानमाथि युद्ध सुरु गरेको हो, अहिलेसम्म, कुनै पनि युद्धविराम वा सैन्य कारबाही बन्द गर्ने बारेमा कुनै ‘सहमतिु भएको छैन । यद्यपि, यदि इजरायली शासनले तेहरान समयको बिहान ४ बजे भन्दा पहिले इरानी जनताविरुद्धको आफ्नो गैरकानूनी आक्रमण रोक्छ भने, हाम्रो प्रतिक्रिया जारी राख्ने हाम्रो कुनै इरादा छैन । हाम्रो सैन्य कारबाही बन्द गर्ने अन्तिम निर्णय पछि गरिनेछ ।’
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविरामका लागि सहमत भएको बताएका थिए । उनले दुवै देश १२ दिनको लागि युद्धविराम गर्न सहमत भएको ट्रम्पले बताएका थिए ।
Sudina Shrestha
प्रकाशित: १० असार २०८२, मंगलवार ०९:११
बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य

प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
