
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इजरायल र इरानमा रहेका ८८५ जनाले अहिलेसम्म विवरण भएको जानकारी दिएकी छन् ।
प्रतिनिधि सभामा मन्त्रालयको बिनियोजनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री राणाले अहिलेसम्म इजरायल र इरानमा रहेका ८८५ जनाले आफ्नो विवरण भरेको जानकारी दिएकी छन् ।
सरकारले इजरायल र इरानमा भएका घटनाको सम्भावित प्रभावलाई गम्भीरतापुर्वक लएर काम गरिरहेको मन्त्री राणाले इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई उच्चतम सतर्कता अपनाउन आग्रह गररहेको बताएकी छन ।
मन्त्री राणाले नेपाली नागरिकको विवरण लिन शुरु गरको र अब केहि दिनमा श्रम सञ्चार एप सार्बजनिक गर्ने र त्यसमा कानुनी र गैरकानुनी तरिकाले विश्वका विभिन्न देशमा रहेका नेपाली नागरिकको विवरण संकलन गर्ने अभियान चलाउने जानकारी दिएकी छन् ।
मन्त्री राणाले १६ जना नेपाली इरानमा रहेको बताउदै ११ जना मसाद भन्ने स्थानमा रहेको र उनीहरु भोलीसम्म भारतको दिल्लीमा आइपुग्ने जानकारी दिएकी छन् । त्यस्तै इरानको जेलमा हाल पाँच जना गैरकानुनी रुपमा इरान पुगेका नेपाली नागरिक रहेको र उनीहरुलाई यसै समयमा उद्धार गर्ने प्रयास भइरहेको बताएकी छन् ।
pratikshya
प्रकाशित: ९ असार २०८२, सोमबार १४:०४
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
