काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि प्रतिनिधिसभाको बैठकमा विरोध जारी राखेको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिनको माग गर्दै जेठ १३ गतेदेखि जारी विरोध आज पनि जारी राखेको हो ।
आह्को बैठक शुरु हुनासाथ रास्वपाका सांसद शिव नेपालीले मानव तस्करी राज्यको संरक्षणमा सञ्चालित भएको देखिएको बताउदै अपराधीलाई कारबाही गर्नुको सट्टा, राज्यले बचाउन खोजिरहेको आरोप लगाएका छन् ।
उनले भने- के जनताको मुद्दा उठाउनु अपराध हो ?सरकारहरू फेरिन्छन्, मन्त्रीहरू फेरिन्छन्। तर मानव तस्करहरू सधैं उन्मुक्त किन हुन्छन् ? यो प्रश्न आज हाम्रा अगाडि गम्भीर रूपमा उभिएको छ । मानव तस्करीको जघन्य, संगठित र अन्तर्राष्ट्रिय अपराध आज विकराल रूपमा उजागर भएको छ । भिजिट भिसाको नाममा नेपालीहरूलाई विदेशमा बेचबिखन गर्ने तस्करी — यो अपराध मात्र होइन, मानवताको घोर अपमान हो ।’
सांसद नेपालीले यस्तो गम्भीर अपराधमा पनि प्रमुख दुई ठूला दलको सरकार किन मौन छ ? भन्दै प्रश्न गरेका छन् । उनले के सरकार यो आपराधिक गिरोहसँग कुनै साठगाँठमा छ ? कि यो तपाईहरूको लाचारीपनको संकेत हो ? भन्दै सरकारमाथि प्रश्न गरेका छन् ।
उनले राष्ट्रको गरिमा र जनताको जीवनको पक्षमा दृढ रूपमा उभिएको बताउदै मानव तस्करी, भ्रष्टाचार र कुशासनविरुद्ध र जनताको पक्षमा बोलेको भन्दै आफुहरुको आवाज दबाउने र धम्क्याउने काम भइरहेको समेत बताए ।
उनले गृहमन्त्री आफैंले तोकेको नैतिक मापदण्डमा किन आफैं असफल हुनु भएको हो ? भन्दै गृहमन्त्री लेखकलाई प्रश्न सोधेका छन् ।
सांसद नेपालीले आफ्नो धारणा राखेपछि रास्वपाले आजको बैठक पनि बहिष्कार गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-23
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
