
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि प्रतिनिधिसभाको बैठकमा विरोध जारी राखेको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिनको माग गर्दै जेठ १३ गतेदेखि जारी विरोध आज पनि जारी राखेको हो ।
आह्को बैठक शुरु हुनासाथ रास्वपाका सांसद शिव नेपालीले मानव तस्करी राज्यको संरक्षणमा सञ्चालित भएको देखिएको बताउदै अपराधीलाई कारबाही गर्नुको सट्टा, राज्यले बचाउन खोजिरहेको आरोप लगाएका छन् ।
उनले भने- के जनताको मुद्दा उठाउनु अपराध हो ?सरकारहरू फेरिन्छन्, मन्त्रीहरू फेरिन्छन्। तर मानव तस्करहरू सधैं उन्मुक्त किन हुन्छन् ? यो प्रश्न आज हाम्रा अगाडि गम्भीर रूपमा उभिएको छ । मानव तस्करीको जघन्य, संगठित र अन्तर्राष्ट्रिय अपराध आज विकराल रूपमा उजागर भएको छ । भिजिट भिसाको नाममा नेपालीहरूलाई विदेशमा बेचबिखन गर्ने तस्करी — यो अपराध मात्र होइन, मानवताको घोर अपमान हो ।’
सांसद नेपालीले यस्तो गम्भीर अपराधमा पनि प्रमुख दुई ठूला दलको सरकार किन मौन छ ? भन्दै प्रश्न गरेका छन् । उनले के सरकार यो आपराधिक गिरोहसँग कुनै साठगाँठमा छ ? कि यो तपाईहरूको लाचारीपनको संकेत हो ? भन्दै सरकारमाथि प्रश्न गरेका छन् ।
उनले राष्ट्रको गरिमा र जनताको जीवनको पक्षमा दृढ रूपमा उभिएको बताउदै मानव तस्करी, भ्रष्टाचार र कुशासनविरुद्ध र जनताको पक्षमा बोलेको भन्दै आफुहरुको आवाज दबाउने र धम्क्याउने काम भइरहेको समेत बताए ।
उनले गृहमन्त्री आफैंले तोकेको नैतिक मापदण्डमा किन आफैं असफल हुनु भएको हो ? भन्दै गृहमन्त्री लेखकलाई प्रश्न सोधेका छन् ।
सांसद नेपालीले आफ्नो धारणा राखेपछि रास्वपाले आजको बैठक पनि बहिष्कार गरेको छ ।
pratikshya
प्रकाशित: ९ असार २०८२, सोमबार १२:४७
बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्ने चिनीयाँ प्रतिबद्धता

बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकास्थित विद्यालयमा दुर्घटनाग्रस्त

नेप्सेमा दोहोरो अंकको बृद्धि, १६ अर्बको कारोबार

साउनको पहिलो सोमबारको अवसरमा मन्त्री पाण्डेले गरे पशुपतिनाथ परिसरको अनुगमन

नेपाल र चीनबीच चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

भण्डारीसँगको भेट बारे ओलीको केन्द्रीय कमिटीमा ब्रिफिङ
