काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सांसदद्वय सोविता गौतम र हरि ढकालले भारतका पूर्वउपराष्ट्रपति एम. वेंकैया नायडूसँग अनौपचारिक भेटवार्ता गरेका छन् ।
प्रवासी नेपाली सम्पर्क मञ्चको कार्यक्रममा भारतको कर्नाटक राज्यको बैंगलोरमा रहेका सांसदद्वय गौतम र ढकालले नायडूसँग अनौपचारिक भेटवार्ता गरेका हुन् ।
भेटका अवसरमा भारतमा रहेका प्रवासी नेपालीहरूको अवस्था, समस्या, नेपाल–भारत सम्बन्धका विविध आयामहरू तथा दीर्घकालीन संरचित समन्वय आवश्यकताका विषयहरू केन्द्रमा रहेर छलफल गरेको सांसद गौतमले जानकारी दिएकी छन । उनले सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीको मूल दृष्टिकोण, राजनीतिक उद्देश्य र अभियानका बारेमा समेत संक्षिप्त जानकारी गराएको उल्लेख गरेकी छन् ।
सांसद गौतमले यो भेटवार्ता पूर्णतः अनौपचारिक रहेको र पूर्वउपराष्ट्रपति नायडूको आत्मीयता, अनुभव र विचारप्रति कृतज्ञता व्यक्त गरेकी छन् । उनले यस्ता संवादहरूले क्षेत्रीय सहकार्य, आपसी समझदारी र जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुर्याउने विश्वास लिएको उल्लेख गरेकी छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-23
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
