नवलपरासी । नवलपरासी (पूर्व) को दुम्कीबासस्थित बिनयी खोलाको डाइभर्सन बगाएपछि बनाएको वैकल्पिक सडकपनि अवरुद्ध भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपरासी (पुर्व) ले पूर्व- पश्चिम राजमार्गको विनयी खोलाको ड्राईभर्सन क्षतिको पछि खोलिएको भित्री सडकखण्ड होंसीगेट, सर्दी, ज्यामिरे हुदै संचालन भएको बैकल्पिक मार्ग समेत निरन्तर बर्षादको कारण बिभिन्न स्थानमा क्षति भई हलुका सवारी समेत संचालन गर्न नसकिएको हुँदा पूर्ण रुपमा अवरुद्ध भएको छ । ट्राफिक प्रहरीले उक्त सडकखण्ड पनि प्रयोग नगर्न अनुरोध गरेको छ ।
साथै नवलपुर जिल्ला भित्रका मुख्य राजमार्ग तथा निम्न ग्रामिण सडक खण्डहरू समेत बर्षादको कारण तत्काललाई अवरोध भएकोले उक्त मार्ग हुदै यात्रा गर्दा जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-23
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
