
काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई नयाँ सुरक्षा सतर्कता जारी गर्दै विदेशमा बस्ने वा यात्राको क्रममा थप सतर्क रहन आग्रह गरेको छ ।
नयाँ सुरक्षा सतर्कतामा भनिएको छ, ‘इजरायल र इरानबीचको जारी द्वन्द्वले मध्य पूर्वमा यात्रा अवरोध र केही क्षेत्रहरूमा हवाई क्षेत्र बन्द गरेको छ । साथै, विश्वका धेरै भागहरूमा अमेरिकी नागरिकहरू र उनीहरूको हित विरुद्ध विरोध प्रदर्शन हुने सम्भावना छ । यस कारणले गर्दा, अमेरिकी विदेश मन्त्रालयले विश्वभरका सबै अमेरिकी नागरिकहरूलाई थप सावधानी अपनाउन आग्रह गर्दछौं ।’
अमेरिकाले आइतबार बिहान इरानका तीन आणविक स्थलहरू, फोर्डो, नातान्ज र इस्फहानमा आक्रमण गरेपछि इरान र इजरायल युद्ध नयाँ मोडमा पुगेको छ ।
अमेरिकाको यो आक्रमणपछि इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले संयुक्त राष्ट्र संघको बडापत्र उल्लङ्घन गरेको आरोप लगाउदै अमेरिकालाई जवाफ दिने बताएका छन् ।
यसबाहेक, मुस्लिम र अरब देशहरूले पनि इरानमाथिको यो अमेरिकी आक्रमणको आलोचना गरेका छन् र यसलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भनेका छन् ।
pratikshya
प्रकाशित: ९ असार २०८२, सोमबार १२:३९
एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य

प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट

वाईसीएल नेपालले गर्यो मनोहरा नदी किनारमा तटबन्द
