
काठमाडौँ । टेस्ला कम्पनीको बहुप्रतिक्षित रोबोट्याक्सी सेवा टेक्सासको अस्टिनमा सुरु भएको छ। यसमा ग्राहकहरूलाई एक पटकको शुल्क ४.२० डलर लगाइने छ । यसलाई टेस्लालाई स्वचालित ड्राइभिङ प्रविधिको दौडमा अग्रणी बनाउने प्रयास मानिएको छ । यो विकल्पलाई विद्युतीय कार कम्पनीको भविष्यको रूपमा पनि हेरिएको छ ।
मस्कले टेस्लाको रोबोट्याक्सी सेवालाई उनको विद्युतीय कार कम्पनीको भविष्यको रूपमा हेरिएको बताएका छन् । अस्टिनमा मानव सुरक्षा चालकसहित केवल १० वटा कारहरू मात्र सुरु गरिएको छ । आइतबार बिहान अस्टिनको साउथ कांग्रेस क्षेत्रमा धेरै चालकविहीन टेस्ला सवारी साधनहरू देखिए । तिनीहरूमा चालकको सिट खाली थियो, तर यात्रु सिटमा एक व्यक्ति उपस्थित थिए ।
टेस्लाले अगाडिको सिटमा सुरक्षा मनिटरहरू राख्ने योजना बनाएको छ । यद्यपि, सवारी साधनहरूमा उनीहरूको कति नियन्त्रण हुनेछ भन्ने कुरा स्पष्ट छैन। चालकविहीन टेस्लाका भिडियोहरू पनि सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
टेक्सास राज्य सरकारको अनुमति आवश्यक पर्ने कानून सेप्टेम्बरमा लागू हुने बताइएको बेला टेस्लाले यो सेवा शुरु गरेपछि विवाद पनि भएको छ ।
डेमोक्र्याटहरूले रोबोट्याक्सी परीक्षण रोक्न आग्रह गर्दै शुक्रबार, गभर्नर ग्रेग एबोटले स्वायत्त सवारी साधन सञ्चालनको लागि राज्य अनुमति अनिवार्य गर्ने कानूनमा हस्ताक्षर गरेका थिए । यो कानून सेप्टेम्बर १ देखि लागू हुनेछ । डेमोक्र्याटिक सांसदहरूले यस कानूनका कारण टेस्लालाई रोबोट्याक्सी परीक्षण रोक्न आग्रह गरेका थिए ।
pratikshya
प्रकाशित: ९ असार २०८२, सोमबार १२:३५
चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य

प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट

वाईसीएल नेपालले गर्यो मनोहरा नदी किनारमा तटबन्द

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

प्रधानमन्त्रीसँग नवनिर्वाचित सीएनआई पदाधिकारीको छलफल, देशलाई औद्योगिकरणमा लैजानुपर्नेमा जोड

श्रमिकको न्युनतम पारिश्रमिक वृद्धिमा सात श्रमिक संगठनको असहमति
