
काठमाडौँ । क्यानडा २०२६ मा हुने आइसीसी टी(२० विश्वकपका लागि छनौट भएको छ । क्यानडा अमेरिकी क्षेत्रबाट टी–२० विश्वकपमा छनौट भएको हो ।
हाल अमेरिकी छनौट खेलिरहेको क्यानडाले छनौट खेलमा लगातार पाँच जित हासिल गर्दै शिर्ष स्थानमा रहेको विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । अमेरिका र वेस्टइन्डिज भने २०२४ को विश्वकपमा शिर्ष ७ भित्र परेकाले स्वतः विश्वकपमा छनौट भएका छन् । २०२६ को पुरुष क्रिकेटको टी(२० विश्वकप भारत र श्रीलंकामा हुदैछ ।
अहिलेसम्म आयोजक भारत र श्रीलंकापछि अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, दक्षिण अफ्रिकाम अमेरिका, वेस्टइन्डिज विश्वकपमा सिधै छनौट भएका छन् । त्यस्तै टी-२० टिमको वरियताका अधारमा आयरल्याण्ड, न्यूजील्याण्ड र पाकिस्तान पनि विश्वकपका लागि छनौट भएका छन् । त्यसैगरी क्यानडा अमेरिकी क्षेत्रबाट छनौट भएको छ ।
अब युरोप र अफ्रिका छनौट खेलबाट २(२ देश विश्वकपमा छनौट हुने छन् भने एशिया(प्यासिफिक क्षेत्रबाट ३ देश विश्वकपमा छनौट हुने छन् । आगमी अक्टोबर १ देखि १७ सम्म ओमानमा हुने छनौट प्रतियोगिताबाट यस क्षेत्रबाट विश्वकपमा पुग्ने तीन देशको टुंगो लाग्ने छ । नेपालसहित ९ देशले यो छनौट खेल खेल्दैछन् ।
Sudina Shrestha
प्रकाशित: ९ असार २०८२, सोमबार ०८:३९
बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य

प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट

वाईसीएल नेपालले गर्यो मनोहरा नदी किनारमा तटबन्द

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
