काठमाडौँ । क्यानडा २०२६ मा हुने आइसीसी टी(२० विश्वकपका लागि छनौट भएको छ । क्यानडा अमेरिकी क्षेत्रबाट टी–२० विश्वकपमा छनौट भएको हो ।
हाल अमेरिकी छनौट खेलिरहेको क्यानडाले छनौट खेलमा लगातार पाँच जित हासिल गर्दै शिर्ष स्थानमा रहेको विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । अमेरिका र वेस्टइन्डिज भने २०२४ को विश्वकपमा शिर्ष ७ भित्र परेकाले स्वतः विश्वकपमा छनौट भएका छन् । २०२६ को पुरुष क्रिकेटको टी(२० विश्वकप भारत र श्रीलंकामा हुदैछ ।
अहिलेसम्म आयोजक भारत र श्रीलंकापछि अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, दक्षिण अफ्रिकाम अमेरिका, वेस्टइन्डिज विश्वकपमा सिधै छनौट भएका छन् । त्यस्तै टी-२० टिमको वरियताका अधारमा आयरल्याण्ड, न्यूजील्याण्ड र पाकिस्तान पनि विश्वकपका लागि छनौट भएका छन् । त्यसैगरी क्यानडा अमेरिकी क्षेत्रबाट छनौट भएको छ ।
अब युरोप र अफ्रिका छनौट खेलबाट २(२ देश विश्वकपमा छनौट हुने छन् भने एशिया(प्यासिफिक क्षेत्रबाट ३ देश विश्वकपमा छनौट हुने छन् । आगमी अक्टोबर १ देखि १७ सम्म ओमानमा हुने छनौट प्रतियोगिताबाट यस क्षेत्रबाट विश्वकपमा पुग्ने तीन देशको टुंगो लाग्ने छ । नेपालसहित ९ देशले यो छनौट खेल खेल्दैछन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-23
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
