
काठमाडौं । आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाको अर्थ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठक बस्दैछ ।
बिहान ९ बजे बस्ने अर्थ समितिको बैठकमा आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदन उपर छलफल हुने कार्यसूची रहेको छ भने बैङ्क तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
त्यस्तै बिहान ८ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०८२ को मस्यौदा र समितिको स्थलगत अनुगमन भ्रमणको प्रतिवेदन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
Sudina Shrestha
प्रकाशित: ९ असार २०८२, सोमबार ०८:३७
चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य

प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट

वाईसीएल नेपालले गर्यो मनोहरा नदी किनारमा तटबन्द

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

प्रधानमन्त्रीसँग नवनिर्वाचित सीएनआई पदाधिकारीको छलफल, देशलाई औद्योगिकरणमा लैजानुपर्नेमा जोड

श्रमिकको न्युनतम पारिश्रमिक वृद्धिमा सात श्रमिक संगठनको असहमति
