काठमाडौँ । नेप्से परिसूचकमा आज दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३१० कम्पनीका २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार ५१० मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज जोशी हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको ५.६० प्रतिशतले बढेको छ ।
त्यस्तै पियोर इनर्जीको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ भने युनियन हाइड्रोको शेयर मुल्य ६.२४ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार दोर्दी खोला जल विद्युतको शेयर ७५ करोड ७३ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-22
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
