काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिल कुमार शर्माले बजेट संशोधन गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै बजेट आफ्नो क्षेत्रमा मात्र विनियोजन गरेको भन्दै बजेट संशोधन गर्न माग गरेका हुन् ।
उनले मन्त्रीहरुले आफ्नो क्षेत्रमा मात्र बजेट छुट्याइएको भन्दै सांसद शर्माले सत्तामा बसेर निर्ममतापुर्वक आ-आफ्नो तिर हालेको भन्दै जननिर्वाचित सांसदलाई विवस बनाएको आरोप लगाए ।
जनताले तिरेको कर अघोषित रुपमा लुटेको आरोप लगाउदै भने- ‘जनताले गाउँ गाउँबाट पाई पाई गरेर पठाएको कर तपाइको भकारीमा आएपछि अघोषित रुपमा लुट्नु भएको छ । यसरी लुट्न पाइदैन । यो अघोषित कानुनलाई आफ्नो हातमा लिएर लुटिएको हो ।’
सांसद शर्माले टेक एण्ड पे कार्यक्रम स्वदेशी लगानीकर्तालाई नेपालको विद्युतमा लगानी गर्न नदिन ल्याएको भन्दै विदेशी कम्पनिलाई प्रोत्साहित गर्न ल्याइएको आरोप लगाए । उनले बजारमा टेक एण्ड पे भनेर व्यापारीसँग पैसा उठाएर परिवर्तन गर्ने हल्ला चलिरहेको बताउदै त्यसो गरेमा संसदमै विरोधमा उत्रिने चेतावनी दिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-22
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
