काठमाडौँ । बेलायतले इरानमाथिको आक्रमणमा आफु सहभागी नहुने स्पष्ट गरेको छ ।
बेलायतका विदेशमन्त्री डेभिड लामीले बेलायत कुटनीतिक माध्यमबाट समस्याको समाधान गर्नुपर्छ भन्ने पक्षमा रहेको भन्दै इरानमा परमाणु हतियार हुन नहुने भने बताए ।
यसैबीच बेलायती प्रधानमन्त्री केयर स्टारमरले इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणप्रति प्रतिक्रिया जनाएका छन्। स्टारमरले भनेका छन्, ‘इरानको आणविक कार्यक्रम अन्तर्राष्ट्रिय सुरक्षाको लागि गम्भीर खतरा हो । इरानलाई कहिल्यै पनि आणविक हतियार बनाउन अनुमति दिन सकिँदैन र यो खतरा कम गर्न अमेरिकाले यो कदम चालेको छ । मध्य पूर्वको अवस्था अझै पनि धेरै संवेदनशील छ र त्यस क्षेत्रमा स्थिरता कायम राख्नु प्राथमिकता हो ।’
स्टारमरले इरानलाई आणविक सम्झौतामा फेरि वार्ता सुरु गर्न अपील गरेका छन् । उनले भने, ‘इरानले यो संकट अन्त्य गर्न कूटनीतिक समाधान खोज्नुपर्छ ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-22
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
