
काठमाडौँ । नेकपा एकीकृत सामाजवादीका उपाध्यक्ष तथा प्रतिनिधिसभा सांसदले उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई गणेशमानको नाम बदनाम गरेको भन्दै संसदमा माफी माग्न आग्रह गरेका छन् ।
प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिदा सांसद ज्वालाले गणेशमानको नाममा करिब ५७ करोड बजेट छुट्याएको भन्दै मन्त्री सिंहले गणेशमानको बदनाम गरेको टिप्पणी गरेका हुन् ।
सहरी विकास मन्त्रालयलाई बिचौलियालाई कमाइखाने भाँडो बनाइएको बताउदै भने- गणेशमानको नाममा करिब ५७ करोड बजेट, कुनै उत्पादन मुलक काममा होइन, कुनै युवालाई रोजगारी दिने कार्यक्रममा होइन, अनुत्पादक संरचना बनाउने नाममा गणेशमानलाई बदनाम गर्नु भयो तपाइले । तपाइँ माफी माग्नुस यो रोष्टमबाट । गणेशमानको हाइट यस्तो होइन । गणेशमानलाई सबैले सम्मान गर्छन तपाइले अपमान गर्नुभयो ।’
सांसद ज्वालाले सहरी विकास मन्त्रालयलाई गाइजात्रा बनाएको आरोप लगाउदै काठमाडौँ बाहिर योजना नपारेको आरोप लगाए । उनले बजेटमा अत्याचार र दादागिरी गरिएको भन्दै देशभरका जनताले बजेट पाउने अधिकार राख्ने बताए ।
pratikshya
प्रकाशित: ८ असार २०८२, आईतवार १४:१७
Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

काँग्रेसको पदाधिकारी बैठक बस्दै, मन्त्रीहरु पनि सहभागी हुने
