काठमाडौँ । नेकपा एकीकृत सामाजवादीका उपाध्यक्ष तथा प्रतिनिधिसभा सांसदले उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई गणेशमानको नाम बदनाम गरेको भन्दै संसदमा माफी माग्न आग्रह गरेका छन् ।
प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिदा सांसद ज्वालाले गणेशमानको नाममा करिब ५७ करोड बजेट छुट्याएको भन्दै मन्त्री सिंहले गणेशमानको बदनाम गरेको टिप्पणी गरेका हुन् ।
सहरी विकास मन्त्रालयलाई बिचौलियालाई कमाइखाने भाँडो बनाइएको बताउदै भने- गणेशमानको नाममा करिब ५७ करोड बजेट, कुनै उत्पादन मुलक काममा होइन, कुनै युवालाई रोजगारी दिने कार्यक्रममा होइन, अनुत्पादक संरचना बनाउने नाममा गणेशमानलाई बदनाम गर्नु भयो तपाइले । तपाइँ माफी माग्नुस यो रोष्टमबाट । गणेशमानको हाइट यस्तो होइन । गणेशमानलाई सबैले सम्मान गर्छन तपाइले अपमान गर्नुभयो ।’
सांसद ज्वालाले सहरी विकास मन्त्रालयलाई गाइजात्रा बनाएको आरोप लगाउदै काठमाडौँ बाहिर योजना नपारेको आरोप लगाए । उनले बजेटमा अत्याचार र दादागिरी गरिएको भन्दै देशभरका जनताले बजेट पाउने अधिकार राख्ने बताए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-22
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
