संसदको रेकर्डबाट अमरेश सिंहको अभिव्यक्ति हटाइयाे

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसद्मा दिएको ‘पाँच वटा जिल्लाबाहेक अरु जिल्ला भाडामा दिए हुन्छ’ भन्ने अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइएको छ ।

खर्च कटौतीको प्रस्तावसहित विनियोजन विधेयकमााथि छलफलका क्रममा बोल्दै सांसद सिंहले बढी बजेट पाँच वटा जिल्लामा मात्रै दिइएकाले ती बाहेकका ७२ जिल्ला अरु देशलाई भाडामा दिए हुन्छ भन्ने अभिव्यक्ति दिएका थिए ।

सांसद सिंहको अभिव्यक्तिमा नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २०, २१ र २३ बमोजिम नियमापत्ति जनाएपछि सभामुख देवराज घिमिरेले संसदीय भाषाको प्रयोग गर्न भन्दै संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए ।

सांसद सिंहको उकत अभिव्यक्ति संसदको रेकर्डबाट हटाईसकिएकोा संसद सचिवालयले जनाएको छ ।

pratikshya

प्रकाशित: ८ असार २०८२, आईतवार १४:०४