काठमाडौं । रामेछापको मन्थली नगरपालिका– ६ र ७ जोड्ने तामाकोशी नदीमाथि बन्दै गरेको मोटरेबल पुल दोस्रोपटक भाँचिएको छ ।
कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको मन्थली–६ कुनौरी र ७ को भटौली मुगिटार जोड्ने पक्की पुलको एउटा स्पान आज बिहान भाँचिएको हो ।
सो पुलको एउटा स्ल्याब गत बैशाखमा पनि भाँचिएको थियो । भाँचिएको सोही स्ल्याब निर्माण भइरहेको बेला आज फेरि भाँचिएको रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार पुलको एकातर्फको स्ल्याब पूर्णरुपमा भत्किएर तल झरेको छ । यस अघिको अनुगमनमा नै कैफियत देखिएपछि पुनर्निर्माण गर्न सुझाव दिएको तर त्यसैलाई मर्मत गर्न खोज्दा भाँचिएको उनको भनाई छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-22
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
