काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले संयुक्त राष्ट्रसंघको बडापत्र उल्लङ्घन गरेको आरोप लगाएका छन् ।
उनले अमेरिकाले गरेको आक्रमणले दीर्घकालीन प्रभाव पार्ने उल्लेख गर्दै इरानसँग आफ्नो सार्वभौमसत्ता, आफ्नो हित र आफ्ना नागरिकहरूको रक्षा गर्ने सबै विकल्पहरू रहेको बताएका छन् । उनले भनेका छन्- ‘संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्य अमेरिकाले इरानको शान्तिपूर्ण आणविक प्रतिष्ठानहरूमा आक्रमण गरेर संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानून र एनपीटीको गम्भीर उल्लङ्घन गरेको छ । आज बिहानका घटनाहरू क्रूर छन् र यसको दीर्घकालीन प्रभाव पर्नेछ । संयुक्त राष्ट्रसंघका प्रत्येक सदस्यले यो अत्यन्तै खतरनाक, अराजक र आपराधिक व्यवहारको बारेमा चिन्तित हुनुपर्छ ।’
यसका साथै, इरानी विदेशमन्त्री अराघचीले भनेका छन्- ‘संयुक्त राष्ट्रसंघको बडापत्र र आत्मरक्षाको लागि यसमा दिइएको वैध प्रतिक्रिया अन्तर्गत, इरानसँग आफ्नो सार्वभौमसत्ता, आफ्नो हित र आफ्ना नागरिकहरूको रक्षा गर्ने सबै विकल्पहरू छन् ।’
अमेरिकाले आइतबार बिहान फोर्डो, नातान्ज र इस्फहानमा इरानको आणविक केन्द्रहरूमा आक्रमण गरेको थियो । इजरायलले इरानमाथिका यी अमेरिकी आक्रमणहरूमा आफ्नो सहयोग पुष्टि गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-22
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
