देशका प्रमुख सडकको अवस्था बारे यस्तो छ पछिल्लो अपडेट

काठमाडौँ । बर्षा शुरु भएसँगै प्रमुख सडक अवरुद्ध हुनेक्रम शुरु भएको छ ।

नेपाल प्रहरीका अनुसार शनिबार बिहान ९:५० बजे सम्मको अपडेट अनुसार प्रमुख सडकको अवस्था यस्तो रहेको छ ।

– संखुवासभा भोटखोला-४ बरुणखोला स्थित कोशी राजमार्ग अव्रिध रहेको छ । संखुवासभा भोटखोला-४ बरुणखोलास्थित कोशी राजमार्गमा असर ६ गते आएको पहिरोले सडक अझै पूर्णरुपमा अवरुद्ध रहेको छ ।

– विपि राजमार्गको सिन्धुली खुर्कोटबाट काठमाण्डौ जाने सडक रातिको समयमा १५ (प्रन्ध)  दिन बन्द गरिएको छ । हाल देशमा मनसुन  सक्रिय  भएकोले बर्षातका कारण विपदको घटना हुन नदिनको लागी असर ६ देखि २० गतेसम्म  बेलुका १८:३० देखि विहान ५ बजेसम्म  विपि राजमार्गको सिन्धुली खुर्कोटबाट काठमाण्डौ जाने आउने दुबै तर्फका सार्वजानिक-निजि सवारी साधन लाई आवागमनमा रोक लगाई उक्त राजमार्ग पूर्णरुपमा बन्द रहने छ ।

– सिन्धुपाल्चोक भोटेकोशी-३ लार्चास्थित अरनिको राजमार्ग सुचारू भएको छ । असार ३ गते ०६: ३०  बजे सिन्धुपाल्चोकको भोटेकोशी- ३ लार्चा स्थित अरनिको राजमार्ग लार्चा (लार्चा देखी ईकु खोलाको  पुलमा रहेको ह्युम पाइप बगाएको हुँदा बाटो पुर्ण रुपमा अबरुद्द भएकोमा  असार ६ गते १६: ४५ बजेबाट निर्माणाधीन बेलिब्रिजबाट साना हलुका ४ पांग्रे सवारी साधन आवतजावत गर्ने गरी सुचारु भएको छ भने ठुला सवारी साधन आवतजावत नभएको (भारबहन क्षमता चेक जाच भएपछि मात्र सुचारु हुने ) ।

– नवलपरासी (पूर्व) बिनयी त्रिवेणी गा.पा. मा पूर्व-पश्‍चिम राजमार्ग बन्द रहेको छ । असार ६ गते जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकको निर्णायानुसार निर्माणाधिन नारायणघाट-बुटवल सडकको दुम्कीबास स्थित विनयी खोला पुलको डाईभर्सन सडक वर्षाले बारम्बार बगाईरहेकोले सो स्थानमा बनेको नयाँ पुल सन्चालनमा नआउन्जेल र दाउन्ने खण्डको केही स्थानहरुमा ग्रावेल राखेर सडक मर्मत गर्ने काम भईरहेकोले सो मर्मत कार्य सम्पन्न गरी सहज यातायात सन्चालनको लागि तयार नहुन्जेलसम्मका लागि असार ७ गतेदेखि अर्को सूचना प्रकाशित नगरुन्जेल सम्मका लागि उक्त सडक खण्डमा ठूला र भारी मालवाहक सवारी सन्चालनमा रोक लगाईएको छ । साथै सो सडक खण्डमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी संचालनमा समेत रोक लगाईएको छ । सो दौरान सम्भव भएसम्म वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ । 

– दोलखा तामाकोशी-५ खिम्तीस्थित चरिकोट-मन्थिल मुख्य सडक सुचारू भएको छ । असार ८ गते बिहान ६:३० बजे चरिकोट – मन्थिल मुख्य सडक खण्डमा राती परेको अबिरल बर्षातको कारण सडक माथिबाट पहिरो खसी बाटो पुर्ण रुपमा अबरुद्ध भएकोमा बिहान ९: ३० बजे पूर्ण रुपमा सुचारू भएको छ । 

Sudina Shrestha

प्रकाशित: ८ असार २०८२, आईतवार १०:४६