काठमाडौं । ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रअन्तर्गतको काष्ठमण्डप परिसरमा ‘शाक्ति समूह, काठमाडौं, नेपाल’ द्वारा मानव बेचबिखनविरुद्ध जनचेतना अभिवृद्धि गर्न नाटक कार्यक्रम प्रस्तुत गरिएको छ।

यो नाटकको उद्देश्य समाजमा मानव बेचबिखनको बढ्दो समस्या प्रति जनचेतना फैलाउनु रहेको थियो। कार्यक्रममा कलाकारहरूले विभिन्न नाटकीय प्रस्तुतीमार्फत मानव तस्करीका कारण, प्रक्रिया र त्यसको पीडादायी प्रभाव दर्शाएका थिए।

स्थानीय बासिन्दा, विद्यार्थी, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा दर्शकहरूले प्रस्तुतीलाई अत्यन्त सशक्त र मनछुने बताएका थिए।


शाक्ति समूहका अनुसार, यस्ता सांस्कृतिक माध्यमहरू प्रयोग गरेर मानव तस्करीजस्ता गम्भीर सामाजिक मुद्दाहरूमा जनचेतना फैलाउने अभियानलाई निरन्तरता दिइनेछ।


कार्यक्रम अन्त्यमा आयोजकले सबैलाई मानव बेचबिखनविरुद्ध एकजुट भई काम गर्न आह्वान गरेका थिए।
तस्बिर : पद्मसागर कक्षपती
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-22
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
