पोखरा । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पोखरामा वृहद योग शिविर सञ्चालन गरिएको छ । पोखरा रङ्गशालामा सम्पन्न शिविरमा योगप्रेमीहरुले उल्लेखनीय सहभागिता जनाएका छन् ।
पोखरा महानगर, भारतीय दूतावास, राष्ट्रिय खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समिति कास्कीको संयुक्त पहलमा आयोजित शिविरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, भारतीय राजदूत नवीन श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यको समेत सहभागिता रहेको थियो ।
पर्यटन राजधानी पोखरालाई योग पर्यटनको हबका रूपमा विकास गर्न सकिने कयौँ सम्भावनाहरू रहेकामा सहभागीहरूले जोड दिएका छन् । हिमाल र तालको सहर पोखरा सुन्दर, शान्त र मनोरम प्रकृतिको काखमा बसेर योगाभ्यासका लागि निकै उपयुक्त रहेको उनीहरूको भनाई छ ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखरामा योग संस्कृतिको विकासका लागि महानगर स्तरीय योग केन्द्रको समेत स्थापना गरिएको बताए । पोखरा महानगर क्षेत्रमा क्रियाशील योग केन्द्रहरूमा आवश्यक सामाग्रीहरूको समेत उपलब्धतामा महानगरले सहयोग गरिरहेको नगर प्रमुख आचार्यले बताए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-22
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
