
काठमाडौँ । आजदेखि एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता शुरु हुदै छ । २२ जुन देखि जुलाई ५ सम्म हुने एसिसिस यू-१६ इष्ट जोन प्रतियोगिता एकदिवसीय फर्म्याटमा मलेसियामा हुदैछ ।
नेपालले पहिलो खेल आज सिंगापुरविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल आज बिहान ७; ४५ बजेदेखि शुरु हुदैछ । त्यस्तै आज भुटान र जापान तथा मलेसिया र हङकङ चाइना पनि खेल्दैछन् ।
नेपालले दोस्रो खेल जुन २४ मा जापानविरुद्ध, जुन २९ मा इन्डोनेसियाविरुद्ध र जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ ।
यस प्रतियोगितामा नेपालसहित सिंगापुर, जापान, इन्डोनेसिया, भुटान, हङकङ चाइना, मलेसिया, थाइल्याण्ड, म्यान्मार र माल्दिभ्सका यू-१६ टिम खेल्दैछन् ।
क्यानले विपिन प्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय यू-१६ टिम मलेसिया पुगेको छ । नेपाली टिममा विपिन प्रसाद शर्मा (कप्तान), सुर्यान्शु कोइराला (उपकप्तान), शिवांश बजगाई (विकेट किपर), परिमार्जन यादव (विकेटकिपर), रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन शाही रहेका छन् ।
Sudina Shrestha
प्रकाशित: ८ असार २०८२, आईतवार ०९:५५
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
