
काठमाडौँ । भारतको उत्तराखण्डको काशिपुरमा बन्धक बनाइएका ३५ नेपालीको सकुशल उद्धार गरिएको छ ।
दिल्लीस्थित नेपाली दुताबासले भारतको उत्तराखण्डको काशिपुरमा आकर्षक जागिरको प्रलोभन दिएर नेपालबाट लगिएका ३५ जनाको सकुशल उद्धार गरिएको जानकारी दिएको छ ।

दुताबासले ३५ जनाको उद्धार गरिएको र उत्तराखण्डको अन्य स्थानमा बन्दी बनाइएका, थप नेपाली युवाहरुको खोजी र उद्धार कार्य जारी रहेको जनाएको छ ।
उक्त घटनासँग सम्बन्धित केहि व्यक्तिहरुलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको बताइएको छ ।
दुताबासले उद्धार गरिएका व्यक्तिहरुलाई कानूनी प्रक्रिया सम्पन्न भएपछि नेपाल पठाइने जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: ८ असार २०८२, आईतवार ०९:५३
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
