
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
हाल देशभर कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भ_भागमा आंशिक बदली रहेको छ । कोशी प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।
यस वर्षको मनसुन प्रणाली असार ६ गतेदेखि देशभर फैलिएको छ । नेपालमा यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भू-भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भू-भागमा विस्तार भएकोमा जेठ २९ गते मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भाग सम्म विस्तार भएको थियो ।
नेपालमा मनसुन साधारणतया जून १३ तारिखमा देशको पूर्वी भू-भागबाट प्रवेश गरी एक हप्ता भित्र विस्तार हुने गर्दछ । यस वर्ष मनसुन सरदर मिति भन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको थियो । देशैभर मनसुन विस्तार हुन यस वर्ष २३ दिन लागेको छ ।
आज देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । देशको पहाडी भू-भागको केही स्थानहरुमा तथा बाँकी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरु हल्का वर्षा / हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन / चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षा र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा / हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले आगामी २४ घण्टा देशको पहाडी भू-भागको केही स्थानहरुमा तथा बाँकी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन / चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । यस समयमा नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले आग्रह गरेको छ ।
Sudina Shrestha
प्रकाशित: ८ असार २०८२, आईतवार ०९:४६
गायिका एलीना चौहानले दिइन् गृहमन्त्री लेखकलाई धन्यवाद

गम्भीर गर्मीको चपेटामा युरोप, स्पेनमा अहिलेसम्मकै उच्च तापक्रम

प्रहरी भन्दै बन्धक बनाई डकैती गर्ने दुई जना पक्राउ

महाधिवेशनको मिति तोकेर अघि बढौं- डा. डिला संग्रौला

कुलिङ पिरियडमा गरिएको झेल बारे छानिबन गर्नुपर्छ- सभापति खतिवडा

अमेरिका भ्रमणमा जादै नेतान्याहू
