
काठमाडौं । दाङको राप्ती नदीमा बाढीले बगाएर ल्याएको दाउरा सङ्कलन गर्ने क्रममा टापुमा फसेकी १३ वर्षीया बालिका रेजिना खड्काको सुरक्षाकर्मीले उद्धार गरेका छन् । राप्ती गाउँपालिका–१, भालुवाङ पुल्चोक निवासी रेजिना आफ्ना भाइ शिशिर खड्कासँग दाउरा सङ्कलन गर्न राप्ती नदी पुगेकी थिइन् ।
दाउरा सङ्कलन गर्ने क्रममा नदीमा अचानक बाढी आएपछि उनी टापुमा फसेकी थिइन् । स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय भालुवाङ र ज्वाला माई गण भालुवाङको टोलीले रेस्क्यु बोटको सहायताले शुक्रवार बिहान उनको उद्धार गरेको हो ।
प्रहरी निरीक्षक पुष्करसिंह ऐरीका अनुसार बिहान ८ बजे नदी पुगेकी रेजिना १० बजे बाढी आएर टापुमा फसेकी थिइन् । सुरक्षाकर्मीले पौने ११ बजे उनलाई सकुशल उद्धार गरेको हो ।
pratikshya
प्रकाशित: ६ असार २०८२, शुक्रबार १६:३०
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
