काठमाडौं । आम जनता पार्टी निकट आम सुकुम्वासी सङ्घले काठमाडौं महानगरपालिकाको दोहोरो चरित्र सच्याउन माग गरेको छ । महानगरको दोहोरो व्यवहारले सुकुम्वासीहरूलाई दुखी बनाएको भन्दै सङ्घले यस्तो व्यवहार नसच्याए महानगरको कार्यालय घेराउ गर्ने चेतावनी दिएको छ ।
सङ्घका अध्यक्ष कालबहादुर विकले शुक्रवार एक विज्ञप्ति जारी गर्दै मेयर बालेन्द्र शाहलाई दोहोरो चरित्र त्याग्न आग्रह गरेका छन् । उनले महानगरले सुकुम्बासीका समस्यामाथि गैर जिम्मेवार व्यवहार देखाए कडा आन्दोलन गर्ने चेतावनी दिए ।
विकका अनुसार, भूमि समस्या समाधान आयोगको ३५ दिने सूचनाअनुसार महानगरले लागत सङ्कलनका लागि पत्र जारी गरेको थियो । तर, असार २ गते अर्को पत्र जारी गरी मनोमानी गरेको उनले आरोप लगाए । “महानगरले गरिब सुकुम्वासीको अधिकार खोस्ने र व्यवस्थापनमा बाधा पुर्याउने कार्य गरेको छ। हामी यसको कडा भर्त्सना गर्छौँ,” विकले भने ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-20
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
