काठमाडौँ । भारतको मणिपुरमा सुरक्षा बल र अज्ञात हतियारधारीहरू बीचको गोलीबारीमा एक कुकी महिलाको मृत्यु भएको छ ।
भारतीय मिडियाका अनुसार गोलीबारीमा मृत्यु हुने महिलाको नाम हुइखोलहिङ हाइकिप रहेको मणिपुर प्रहरीलाई उदृत गर्दै उल्लेख गरेका छन् ।
मणिपुरको आदिवासी जनजाति नेता मञ्चले कुकी आदिवासी महिलाको मृत्युलाई ‘क्रूर र लक्षित हत्या’ भनेर वर्णन गरेको छ । महिलाको मृत्युको विरोध गर्दै, मञ्च र केही कुकी नागरिक संगठनहरूले आ-आफ्नो क्षेत्रमा बन्दको घोषणा गरेका छन्।
मञ्चका अनुसार, गोलीबारीमा ज्यान गुमाउने महिला लाङचिङमान्बी गाउँका प्रमुखकी श्रीमती थिइन् ।
इम्फाल उपत्यकाको सिमानाको अन्तिम छेउमा अवस्थित, फुबालाको विशाल कृषि भूमि एकातिर कुकी बहुल चुराचन्दपुर जिल्लाको पहाडले घेरिएको छ । यस क्षेत्रमा मेइतेई र कुकी जनजातिहरू बीच धेरै महिनादेखि तनाव चलिरहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-20
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
