तनहुँ, देवघाट गाउँपालिका-५ बद्रीमुक्ती टोल बस्ने ३२ वर्षीय प्रकाश पौडेलको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने पाल्पा तानसेन नगरपालिका-८ नयाँपाटी घर भएका २८ वर्षीय बुद्ध सारू मगर र मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ हटिया घर भएका ४३ वर्षीय राम लामा रहेका छन् । बिहीबार बिहान आफ्नै घर नजिकै सडकमा प्रकाशलाई लडिरहेको अवस्थामा देखि स्थानीयहरूले उपचारको लागि भरतपुर सरकारी अस्तपाल चितवन लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको अनुसन्धानको क्रममा राम, बुद्ध र हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय जोगी भनि बोलाउने पुरूषले प्रकाशलाई
कुटपिट गरेको भन्ने खुल्न आएपश्चात इलाका प्रहरी कार्यालय आँबुखैरेनी र इलाका प्रहरी कार्यालय देवघाटबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न मध्ये राम र बुद्धलाई पक्राउ गरेको हो । घटनामा संलग्न हाल फरार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।
मकवानपुर, थाहा नगरपालिका-१ कुन्छाल बस्ने ५० वर्षीया तुलमाया गोपालीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय बिमलमान गोपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिमलमानले धारिलो हतियार खुकुरी प्रहार गर्दा तुलमायाको घटनास्थलमै मृत्यु भएको भन्न खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पालुङ, इलाका प्रहरी कार्यालय भिमफेदी समेतबाट खटिएको प्रहरीले उनलाई थाहा नगरपालिका-३ थानाबजारबाट पक्राउ गरेको हो ।
झापा, कमल गाउँपालिका-४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्य बिक्रम लिम्बुको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३७ वर्षीय देबेन्द्र लावतीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । देबेन्द्रले विवादको क्रममा बिहीबार साँझ ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका सूर्य बिक्रमको न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-20
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
