
काठमाडौँ । अखिल नेपाल फुटबल सघ (एन्फा) ले एएफसी महिला एसियाली कप छनौट खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टिमको घोषणा गरेको छ ।
राष्ट्रिय टिमका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले २१ सदस्यीय टिमको घोषणा गरेका हुन् ।
नेपाली टिममा
गोलकिपर:
अन्जिला तुम्बापो सुब्बा, उषा नाथ र अञ्जना राना मगर ।
डिफेन्डर:
गीता राणा, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पूजा राणा र अमृता जैशी ।
मिडफिल्डर:
विमला चौधरी, अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर र सरस्वती हमाल ।
फरवार्ड:
सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्र भण्डारी, अनिता केसी र रेखा पौडेल ।
उज्बेकिस्तानमा जुन २९ देखि शुरु हुने छनौट प्रतियोगितामा नेपाल समुह एचमा रहेको छ । नेपालले जुन २९ मा लाओससँग, जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा उज्बेकिस्तानसँग खेल्ने तालिका रहेको छ ।
Sudina Shrestha
प्रकाशित: ६ असार २०८२, शुक्रबार १३:५८
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
