काठमाडौँ । इजरायल र इरानबीच करिब एक हप्तादेखि जारी द्वन्द्व बढ्दै गइरहेको छ । यसैबीच, धेरै देशहरूले यी दुई देशहरूमा फसेका आफ्ना नागरिकहरूलाई बाहिर निकाल्न अभियान चलाइरहेका छन् ।
भारतले इरानमा फसेका ११० जनालाई फर्काएको छ भने अस्ट्रेलियाले तेहरानमा रहेको आफ्नो दुताबासको काम हाललाई स्थगन गर्ने निर्णय गरेको छ । त्यस्तै नेपालले इजरायलमा ५५ सय र इरानमा १२ नेपाली रहेको जानकारी दिदै उद्धारको प्रयोजनका लागि नेपाली दुताबासमा आफ्नो नाम दर्ता गर्न आग्रह गरेको छ ।
यसैबीच कुन देशले कस्तो प्रयास गरिरहेका छन् यस बारेमा जानौं ।
अष्ट्रेलिया
अष्ट्रेलियाले इरानबाट करिब १५०० अष्ट्रेलियाली नागरिकहरू र इजरायलबाट करिब १२०० अष्ट्रेलियाली नागरिकहरूलाई बाहिर निकालिरहेको छ । द्वन्द्व सुरु हुने बित्तिकै केही अष्ट्रेलियाली नागरिकहरू इजरायल छोडेका थिए, जबकि अरूलाई सुरक्षित रूपमा ल्याउने प्रयास भइरहेको छ ।
चीन
चिनियाँ विदेश मन्त्रालयका अनुसार चीनले अहिलेसम्म इरानबाट आफ्ना १६०० भन्दा बढी नागरिकहरू र इजरायलबाट सयौं नागरिकहरूलाई बाहिर निकालेको छ । चीनले आफ्ना नागरिकहरूलाई अजरबैजान, तुर्कमेनिस्तान, टर्की, आर्मेनिया वा इराक हुँदै जान सल्लाह दिएको छ ।
भारत
इरानबाट ११० भारतीय विद्यार्थीहरू बिहीबार भारत फर्किएका छन् । भारत सरकारले इजरायलमा रहेका फर्कन चाहने भारतीय नागरिकहरूलाई बाहिर निकाल्ने तयारी भइरहेको बताएको छ। हाल इजरायलमा करिब ३० हजार भारतीयहरू छन्।
जापान
इरान र इजरायलमा फसेका आफ्ना नागरिकहरूलाई बाहिर निकाल्न जापानले जिबूतीमा दुई सैन्य विमान पठाएको छ । इजरायलमा लगभग १००० जापानी नागरिकहरू छन् र इरानमा लगभग २८० जापानी रहेको बताइएको छ ।
पाकिस्तान
इजरायल-इरान द्वन्द्वको बीचमा अहिलेसम्म लगभग तीन हजार पाकिस्तानी नागरिकहरूले इरान छोडेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-20
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
