काठमाडौँ । इरानमा ‘बिग्रँदै गएको सुरक्षा अवस्था’ का कारण अष्ट्रेलियाले तेहरानमा रहेको आफ्नो दूतावासको सञ्चालन निलम्बन गर्ने बताएको छ ।
अष्ट्रेलियाली विदेशमन्त्री पेनी वोङले वर्तमान अवस्थामा, कन्सुलर सेवाहरू प्रदान गर्ने क्षमता अत्यन्तै सीमित भएको बताउदै दूतावासको सञ्चालन निलम्बन गर्ने निर्णय गरेको जानकारी दिएकी छन् ।
अष्ट्रेलियाले आफ्ना सबै अधिकारीहरू र उनीहरूका परिवारहरूलाई इरान छोड्न निर्देशन दिएको छ ।
पेनी वोङले इरानको छिमेकी देश अजरबैजानमा कन्सुलर कर्मचारीहरू तैनाथ गरिएको बताएकी छन् । विदेशमन्त्रीले वोङले अष्ट्रेलियाका राजदूत हाल तेहरानमा नै रहने बताएकी छन् ।
इरानमा रहेका कम्तिमा १५ सय अष्ट्रेलियाली नागरिकहरू र उनीहरूका परिवारहरूले त्यहाँबाट निस्कन मद्दत मागेको बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-20
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
