
काठमाडौँ । इरानमा ‘बिग्रँदै गएको सुरक्षा अवस्था’ का कारण अष्ट्रेलियाले तेहरानमा रहेको आफ्नो दूतावासको सञ्चालन निलम्बन गर्ने बताएको छ ।
अष्ट्रेलियाली विदेशमन्त्री पेनी वोङले वर्तमान अवस्थामा, कन्सुलर सेवाहरू प्रदान गर्ने क्षमता अत्यन्तै सीमित भएको बताउदै दूतावासको सञ्चालन निलम्बन गर्ने निर्णय गरेको जानकारी दिएकी छन् ।
अष्ट्रेलियाले आफ्ना सबै अधिकारीहरू र उनीहरूका परिवारहरूलाई इरान छोड्न निर्देशन दिएको छ ।
पेनी वोङले इरानको छिमेकी देश अजरबैजानमा कन्सुलर कर्मचारीहरू तैनाथ गरिएको बताएकी छन् । विदेशमन्त्रीले वोङले अष्ट्रेलियाका राजदूत हाल तेहरानमा नै रहने बताएकी छन् ।
इरानमा रहेका कम्तिमा १५ सय अष्ट्रेलियाली नागरिकहरू र उनीहरूका परिवारहरूले त्यहाँबाट निस्कन मद्दत मागेको बताइएको छ ।
Sudina Shrestha
प्रकाशित: ६ असार २०८२, शुक्रबार १३:५५
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
