
काठमाडौँ । नेपालले त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको अन्तिम खेलमा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।
स्कटल्याण्डमा हुने यो सिरिजमा नेपालले ३ खेलमा २ जित हासिल गरेको छ भने एक खेलमा हार बेहोरेको छ । त्यस्तै स्कटल्याण्डले यसअघि खेलेका ३ खेलमा एक खेल जितेको छ भएन २ खेलमा हार बेहोरेको छ । त्यस्तै सिरिजका सबै चार खेल खेलेको नेदरल्याण्डसले २ जित र दुई हार बेहोरेको छ ।
नेपालले एक खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने स्कटल्याण्ड र नेदरल्याण्डसलाई एक एक खेलमा पराजित गरेको थियो । नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म केवल २ टी-२० खेलिएको छ जसमा एक नेपालले र एक स्कटल्याण्डले जितेको छ ।
आइसीसीको टी-२० वरियतामा नेपाल १८औं स्थानमा छ भने स्कटल्याण्ड १३औं स्थानमा रहेको छ ।
यस सिरिजमा खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), अनिल शाह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी, किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम रहेका छन् ।
Sudina Shrestha
प्रकाशित: ६ असार २०८२, शुक्रबार १३:५४
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
