
काठमाडौँ । अमेरिकी कम्पनी अल्फाबेटको गुगललाई युरोपेली संघको सर्वोच्च अदालतबाट ठूलो झट्का लागेको छ । सर्वोच्च अदालतका सल्लाहकार जुलियन कोकोटले गुगलमाथि ४.१ अर्ब युरो (लगभग ४.९८ अर्ब डलर) जरिवानाको निर्णयको पक्ष लिएकी छन् । गुगलले इयुको प्रतिस्पर्धा विरोधी जरिवानाको विरुद्धमा अपील गरेको थियो ।
अब गुगलको यो अपिल खारेज हुने सम्भावना रहेको बताइएको छ । गुगलमाथि प्रतिद्वन्द्वी कम्पनीहरूलाई दबाउन एन्ड्रोइड प्रयोग गरेको आरोप छ ।
इयुको सर्वोच्च अदालतका सल्लाहकार जुलियन कोकोटले सात वर्षअघि गुगलमाथि लगाइएको ४.३४ अर्ब युरो (४.९८ अर्ब डलर) जरिवानाको विरुद्धमा लड्न इयुका प्रतिस्पर्धा विरोधी नियामकहरूको पक्ष लिएकी छन् ।
युरोपेली आयोगले २०१८ को आफ्नो निर्णयमा अमेरिकी कम्पनी गुगलले प्रतिस्पर्धीहरूलाई रोक्नको लागि आफ्नो एन्ड्रोइड मोबाइल अपरेटिङ सिस्टम प्रयोग गरेको आरोप लगाइएको थियो । २०२२ मा तल्लो अदालतले इयुको निर्णयलाई समर्थन गर्यो, तर जरिवानाको रकम घटाएर ४.१ अर्ब युरो पुर्यायो, त्यसपछि गुगलले सर्वोच्च अदालतमा यो निर्णयलाई चुनौती दियो ।
लक्जमबर्गस्थित कोर्ट अफ जस्टिसका महाधिवक्ता जुलियन कोकोटले आफ्नो गैर-बाध्यकारी रायमा अदालतलाई गुगलको अपील खारेज गर्न र तल्लो ट्रिब्युनलले लगाएको कम जरिवानाको समर्थन गर्न सल्लाह दिएकी छन् । उनले गुगलले दिएको तर्क अप्रभावी रहेको भन्दै कम्पनीको तर्कलाई अस्वीकार गरेकी छन् ।
Sudina Shrestha
प्रकाशित: ६ असार २०८२, शुक्रबार १३:५२
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
