काठमाडौँ । अमेरिकी कम्पनी अल्फाबेटको गुगललाई युरोपेली संघको सर्वोच्च अदालतबाट ठूलो झट्का लागेको छ । सर्वोच्च अदालतका सल्लाहकार जुलियन कोकोटले गुगलमाथि ४.१ अर्ब युरो (लगभग ४.९८ अर्ब डलर) जरिवानाको निर्णयको पक्ष लिएकी छन् । गुगलले इयुको प्रतिस्पर्धा विरोधी जरिवानाको विरुद्धमा अपील गरेको थियो ।
अब गुगलको यो अपिल खारेज हुने सम्भावना रहेको बताइएको छ । गुगलमाथि प्रतिद्वन्द्वी कम्पनीहरूलाई दबाउन एन्ड्रोइड प्रयोग गरेको आरोप छ ।
इयुको सर्वोच्च अदालतका सल्लाहकार जुलियन कोकोटले सात वर्षअघि गुगलमाथि लगाइएको ४.३४ अर्ब युरो (४.९८ अर्ब डलर) जरिवानाको विरुद्धमा लड्न इयुका प्रतिस्पर्धा विरोधी नियामकहरूको पक्ष लिएकी छन् ।
युरोपेली आयोगले २०१८ को आफ्नो निर्णयमा अमेरिकी कम्पनी गुगलले प्रतिस्पर्धीहरूलाई रोक्नको लागि आफ्नो एन्ड्रोइड मोबाइल अपरेटिङ सिस्टम प्रयोग गरेको आरोप लगाइएको थियो । २०२२ मा तल्लो अदालतले इयुको निर्णयलाई समर्थन गर्यो, तर जरिवानाको रकम घटाएर ४.१ अर्ब युरो पुर्यायो, त्यसपछि गुगलले सर्वोच्च अदालतमा यो निर्णयलाई चुनौती दियो ।
लक्जमबर्गस्थित कोर्ट अफ जस्टिसका महाधिवक्ता जुलियन कोकोटले आफ्नो गैर-बाध्यकारी रायमा अदालतलाई गुगलको अपील खारेज गर्न र तल्लो ट्रिब्युनलले लगाएको कम जरिवानाको समर्थन गर्न सल्लाह दिएकी छन् । उनले गुगलले दिएको तर्क अप्रभावी रहेको भन्दै कम्पनीको तर्कलाई अस्वीकार गरेकी छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-20
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
