काठमाडौँ । इन्टर मियामीले जारी फिफा क्लब विश्वकपमा पोर्चुगलको क्लब पोर्टोविरुद्ध महत्वपूर्ण जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा इन्टर मियामीले पोर्टोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
१-० गोलले पछि परेको इन्टर मियामीले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो । पोर्टोले सामु अघेहोवाको पेनाल्टी गोलसँगै खेलको आठौँ मिनेटमा शुरुवाती अग्रता लिएको थियो । तर इन्टर मियामीले खेलको ४७औँ मिनेटमा टेलास्को सेगोभिया र ५४औं मिनेटमा लियोनेल मेसीको गोलमा २-१ को अग्रता लिदै खेल जितेको थियो ।
यो जितपछि समुह ए मा रहेको इन्टर मियामीको २ खेलमा ४ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ । यस समुहमा ब्राजिलियन क्लब पाल्मेइराज २ खेलमा ४ अंकसहित नै शिर्ष स्थानमा रहेको छ । त्यस्तै पोर्टो र अल अहलीको २-२ खेलमा १-१ अंक रहेको छ र समुहमा तेस्रो र चौथो स्थानमा रहेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-20
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
