
काठमाडौँ । इन्टर मियामीले जारी फिफा क्लब विश्वकपमा पोर्चुगलको क्लब पोर्टोविरुद्ध महत्वपूर्ण जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा इन्टर मियामीले पोर्टोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
१-० गोलले पछि परेको इन्टर मियामीले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो । पोर्टोले सामु अघेहोवाको पेनाल्टी गोलसँगै खेलको आठौँ मिनेटमा शुरुवाती अग्रता लिएको थियो । तर इन्टर मियामीले खेलको ४७औँ मिनेटमा टेलास्को सेगोभिया र ५४औं मिनेटमा लियोनेल मेसीको गोलमा २-१ को अग्रता लिदै खेल जितेको थियो ।
यो जितपछि समुह ए मा रहेको इन्टर मियामीको २ खेलमा ४ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ । यस समुहमा ब्राजिलियन क्लब पाल्मेइराज २ खेलमा ४ अंकसहित नै शिर्ष स्थानमा रहेको छ । त्यस्तै पोर्टो र अल अहलीको २-२ खेलमा १-१ अंक रहेको छ र समुहमा तेस्रो र चौथो स्थानमा रहेका छन् ।
Sudina Shrestha
प्रकाशित: ६ असार २०८२, शुक्रबार १३:४८
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
