
नवलपरासी । महेन्द्र राजमार्गअन्तर्गत दुम्कीबासको विनयी खोलामा बनाइएको डाइभर्सनमा मध्यरात फसेको एक यात्रुवाहक बसका सबै २४ यात्रुको प्रहरीले सकुशल उद्धार गरिएको छ ।
गएराति पौने १२ बजे नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको मे १ ख ४०८५ नम्बरको बस बाढी आएको विनयी खोलाको बीचमा फसेको थियो ।
प्रहरीले एक्स्काभेटर ल्याएर राति नै सबै २४ जनाको उद्धार गरेको हो । घटनास्थलमा खटिएका करिब डेढ सय प्रहरीले खहरेखोलाको बाढीमा फसेका यात्रुलाई एक्स्काभेटरमार्फत बाहिर निकालेका थिए ।
यात्रुको उद्धारपछि खोलामै रहेको बस बाढीले बगाएर करिब १ किलोमिटर तल पुर्याएको भेटिएको प्रहरीले जानकारी दिएको छ ।
Sudina Shrestha
प्रकाशित: ६ असार २०८२, शुक्रबार १३:४७
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
