काठमाडौँ । नेपालले नेदरल्याण्डसले पराजित गरेको छ । जारी त्रिकोणात्मक टी-२० अन्तर्गतको खेलमा नेपालले नेदरल्याण्डसलाई ६ विकेटले पराजित गरेको हो ।
नेदरल्याण्डसले दिएको १७५ रनको लक्ष्य पछाएको नेपालले १९.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ६५ रन बनाएका थिए भने आरिफ सेखले ३९ रन बनाएर रिटायर हर्ट भएका थिए । त्यस्तै भिम्म सार्कीले आफ्नो डेभ्यु खेलमा महत्वपूर्ण २७ रन बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले अविजित १६ रन लोकेस बमले अविजित १२ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले २० ओभरमा ७ विकेट गुमाउदै १७४ रन बनाएको थियो । नेदरल्याण्डसका लागि माइकल लेभिटले सर्बाधिक ८६ रन बनाएका थिए । त्यस्तै रोएलोफ भान डेर मेर्वेले अविजित ३६ रन बान्ये भने आर्यन दत्तले १७ रन बनाएका थिए । त्यसैगरी सकिब जुल्फिकरले १४ रन बनाए भने नेदरल्याण्डसका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।
त्यसैगरी नेपाली बलर करण केसीले २ विकेट लिए भने ललित राजबंशी, दिपेन्द्र सिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।
यो जितपछि नेपालले सिरिजमा तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ । नेपाल ३ खेलमा ४ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै नेदरल्याण्डसले भने ४ खेलमा २ जित र २ हारसहित सिरिजको अन्त्य गरेको छ ।
अब सिरिजको अन्तिम खेल शुक्रबार नेपाल र स्कटल्याण्डबीच हुने छ । स्कटल्याण्डले ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-20
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
