
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुने कार्यतालिका रहेको छ ।
आजको बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा हरेक महिनाको पहिलो साता सांसदहरुले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न सोध्ने व्यवस्था गर्ने उल्लेख छ ।
त्यस्तै आज बजेटमाथिको मन्त्रालयगत छलफलमा पर्यटन, खेलकुद, भौतिक पूर्वाधार, महिला तथा बालबालिका, उद्योग तथा भुमि व्यवस्था मन्त्रालयको छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै आज विभिन्न सांसदहरुले राखेको खर्च कटौतीको प्रस्ताव पेश हुने कार्यसूची रहेको छ ।
Sudina Shrestha
प्रकाशित: ६ असार २०८२, शुक्रबार १३:३९
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
